राजपुरमा प्रहरी माथि ढुंगामुढा, १९ जना सुरक्षाकर्मी घाइते

   ४ श्रावण २०८१, शुक्रबार १८:३०  

रौतहट, ४ साउन । मुस्लिम धर्मालम्बीहरुको पर्व मोहरम ताजिया (दाहा) को मेलाको क्रममा झडप हुदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन ।

रौतहटको राजपुर नगरपालिका वडा नम्वर ६ कुडियामा मुस्लिम समुदायले मोहरम ताजिया (दाहा) मनाउन ठूलो संख्यामा घरेलु हातियार (लाठी, तरवार, भाला) सहित उपस्थित भएका युवाहरुले हिन्दुहरुले छठ पुजा गर्ने घाटमा गएर दाहा को झण्डा गाड्न खोज्दा सुरक्षाकर्मीहरुले अवरोध गरेपछि सुरक्षाकर्मीमाथिी ढुंगामुढा भएको हो ।

कुडियामा मुस्लिम समुदायका स्थानीयहरुले दाहा नचाउने क्रममा उच्छृङ्खल गतिविधि भई धकेला घकेली भएको हुँदा सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीको टोलीले सम्झाउन खोज्दा उनीहरुले सुरक्षाकर्मी माथिनै आक्रमण गर्न थाले पछि स्थितिलाई नियन्त्रणमा लिन लागि नेपाल प्रहरीले अश्रुग्यास र ब्ल्याँक हवाई फायर गरेको थियो ।

अप्रिय घटना हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै नेपाल प्रहरीका एसपी दिलिप घिमिरे र सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाई आफैले सो स्थानमा कमाण्ड सम्हालेका थिए ।
मुस्लिम समुदायको ढुंगामुढाबाट नेपाल प्रहरीको १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मीहरु घाइते भएको सशस्त्र प्रहरीबल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईले बताए ।

घाइते सुरक्षाकर्मीहरुको अवश्था सामान्य रहेको उनले बताए । अधिकांश सुरक्षाकर्मीहरुको टाउको फुटेको थियो ।