१५ लाखको अवैध सामान बरामद
२१ बैशाख, रौतहट । सशस्त्र प्रहरीले बलले रौतहटको विभिन्न स्थानबाट राजश्व छलेर ल्यएको १५ लाख भन्दा बढीको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गणले रौतहटको विभिन्न नाकाहरुबाट राजश्व छलेर अवैध रुपले भित्रिएको लताकपडा, किराना सामान तथा मदिरा लगायनका सामानहरु बरामद गरेको जनाएको छ ।
भन्सार छलेर ल्याएको ४ सय ४ थान लताकपडा सहित भारततर्फ अवैधरुपमा पठाइएको १ सय ४ कार्टुन मदिरा समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले अवैध कारोबारमा प्रयोग भएको ४ थान मोटरसाइकल र ६ थान साइकल समेत बरामद गरेको छ ।
बरामद गरिएको सामानहरु भन्सार कार्यालयमा पठाइएको नम्बर ११ गणले जनाएको छ ।






