रौतहटमा आगलागी, ५ घरगोठ खरानी

   २० बैशाख २०८१, बिहीबार १७:५२  

२० बैशाख, रौतहट । रौतहटको माधवनारायण नगरपालिकामा आज दिउसो आगलागी हुदा ५ घरगोठ जलेको छ ।

माधवनारायण नगरपालिका वडा नं. ६ विनटोलमा आगलागी हुदा सात लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । आगलागीमा स्थानिय मोहिचन्द मुखिया, शिवजि विन, रमानन्द मुखिया र राजनारायण मुखिया, हृदय नारायण यादवको घर पूर्ण रुपमा जलेर खरानी भएको छ ।

दिउसो १.३० मा शुरु भएको आगो नियन्त्रणमा लिन सुरक्षा वेश भलोहिया तथा प्रहरी चौकी मधोपुरबाट गएका सुरक्षाकर्मी र स्थानियले प्रयास गरेका थिए । गौर नगरपालिकाबाट गएको वारुणयन्त्रको मद्दतमा झण्डै २ घण्टा पछि मात्र आगो पूर्ण रुपमा निभाइएको थियो ।

आगलागीले चार वटा घरको लताकपडा, अन्नबाली, गरगहना, नगद तथा फर्निचरहरु नष्ट भएको छ भने १ गोठ पनि क्षतिग्रस्त भएको छ । आगलागीका कारण ७ लाख ५० हजार भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।