सन्तपुर चौकीका असइले काठ चोरेको भन्दै स्थानीयले घेरे प्रहरी चौकी
रौतहट,३ बैशाख । रौतहटको चन्द्रपुर ८ सन्तपुरमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले सहकारीको काठ चोरेको भन्दै पहरी चौकी घेराउ गरेकाछन ।
यादवले सन्तपुर प्रहरी चौकी रहेको साझा सहकारी संस्थाको काठ चोरेर फर्निचर बनाएर घर लगेको भन्दै स्थानीयले सोमबार बिहानै चौकी घेराउ गरेका हुन ।
चोरी तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक दिनानाथ प्रसाद यादवले काठ चोरेर फर्निचर बनाएर घर लगेको स्थानियले आरोप लगाएका छन । सन्तपुरको साझा सहकारी संस्था लिमिटेडको भबनमा अस्थायीरुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरि पलगं र किचेन र्याक बनाएर लगेको सोही चन्द्रपुर नगरपालिका वाड नं. ८ का वाड अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए । प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक पटक उनले आफनो घर पुरयाएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेपछि यसको उजागार भएको चन्द्रपुर नगरपालिका वडानम्बर ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।
असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउदा समेत बेवास्ता हुदै आएको वडाअध्यक्ष चौधरीले बताए । प्रहरी चौकीको भवन निर्माणाधीन अवस्थामा रहेकोले संस्थाले आफ्नो भवनको कोठा अस्थायी रुपमा चौकी सञ्चालनको लागि प्रहरीलाई दिएको थियो ।
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गायत्री राज शर्माले प्रहरी सहायक निरीक्षक यादवले गल्ती गरेको भए कार्वाही हुने बताए । प्रहरी चौकी बसेकै सहकारीको काठ यादवले बेचेपछि स्थानीय स्थानीय आक्रोशित भएका हुन ।






