मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न

   २४ फाल्गुन २०८०, बिहीबार १८:३१  

२४ फागुन, रौतहट । आज मौलापुरमा मधानी बिशेष पुजा समारोह भव्य रूपमा सम्पन्न भएकोछ ।

भगवान शिव र पार्वतीको विवाहको रुपमा मनाइने मधानी महायज्ञको यस बिशेष पुजा समारोहमा आचार्य शोभाकान्त झाले मन्त्रोचरण गर्नु भएको थियो भन्ने बाबाधामको पुजारीहरुले बिशेष पुजा गराउनु भएको थियो ।

मौलापुर नगरप्रमुख रीना कुमारी साहको अध्यक्षता एवं मधेश प्रदेशको सभामुख मा. रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा बिभिन्न शिव मण्डलीहरुले बिशेष कला प्रस्तुति गरिएका थिए