सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम
द नेपाल मिडिया
७ माघ २०८०, आईतवार १३:२९
७ माघ, रौतहट । सशस्त्र प्रहरीबलको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
२३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल ११ नम्बर गणले रक्तदान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाइटिको सहयोगमा संचालन भएको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका २५ जनाले रक्तदान गरेको ११ नम्बर गणका गणपति माधव रेग्मीले बताए ।
दिवसको उपलक्ष्यमा सशस्त्र प्रहरीले विभिन्न कार्यक्रमहरु संचानल गरि रहेको समेत उनले बताए ।






