ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

   १९ पुष २०८०, बिहीबार १७:३२  

१९ पौष, रौतहट । रौतहटको गढीमाई नगरपालिमा ट्रयाक्टर दुर्घटना हुदा चालनको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका ६ धर्मपुरमा भएको दुर्घटनामा २२ वर्षिय चालक रंजित कुमार पंडितको मृत्यु भएको हो ।

माधवनारायण नगरपालिका ३ का २२ वर्षिय पंडित सो ट्रयाक्टरका साहु समेत थिए । उनी आफैले चलाइरहेको ट्रयाक्टर बाग्मती पुल स्थीत भित्री सडक खण्डमा पल्टीएको थियो ।

बाग्मती नदीबाट बालुवा बोकेर धर्मपुर तर्फ आउदै गरेको ना २ त ८५०८ नम्बरको सो ट्रयाक्टर अनियन्त्रीत भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।