बारामा बस दुर्घटना, ३ जनाको मृत्यु

   ४ पुष २०८०, बुधबार १०:४०  

४ पुष, बारा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।

काकरभिट्टाबाट काठमाडौंका लागि छुटेको बा ३-००१ ख २५८७ नम्बरको यात्रुबहाक बस र मकवानपुरको हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक ठक्कर खाएको थियो।

दुर्घटनामा तनहुँ बन्दिपुर ६ का १७ वर्षीय तेजकुमार गुरूङ, सुनसरी भाती २ का ३० वर्षीय खिलराज दुलाल, इटहरी उपमहानगर ४ का ४० वर्षीय सुरेन्द्र गौतम, ३५ वर्षीय सम्झना गजुरेल घाइते छन्।

यस्तै १२ वर्षीया सोराय गौतम, ३ वर्षीय सोडनेम गौतम, बसका सहचालक झापाको दमकका करिब ४० वर्षीय नगेन्द्र उप्रेती पनि घाइते छन्।

भारतका ५२ वर्षीय सिडि माया, नामा एमसे, श्रीग धौगा, पासाङ काण्डु पनि घाइते छन्।