क्रसर संचालकले पत्रकारलाई कुटे
४ भदौ, रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा अवैध रुपमा संचालनमा रहेको एक क्रसर उद्योगका कर्मचारीले पत्रकारलाई कुटपिट गरेका छन ।
वृन्दावन नगरपालिकाको वडा नं. ३ मा रहेको शिवम क्रसर उद्योगका मा समाचार संकलनका लागी पुगेका हिमालय टिभीका रौतहट संवाददाता राकेश यादवलाई कर्मचारीले कुटपिट गरेका हुन । पत्रकार यादवले प्रयोग गरेको क्यामेरा समेत उनीहरुले फुटाएका छन ।
पत्रकार यादवमाथि क्रसरका कर्मचारी राधेश्याम ठाकुर, राजदेव ठाकुर र महेश चौधरीलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
बाग्मती खोला किनारमा अवैधरुपमा क्रसर संचालन भएको विषयमा समचार संकलन गएको बेला आफु माथि क्रसर संचालकहरुले आक्रमण गर्न लगाएको पत्रकार यादवले द नेपाल मिडियालाई बताए ।






