गौर हत्याकाण्डका दोषिलाई कारवाहीको माँग गर्दै प्रर्दशन
द नेपाल मिडिया
१४ श्रावण २०८०, आईतवार १७:२३
१४ श्रावण, रौतहट । २७ जनाको ज्यान गएको गौर हत्याकाण्डका दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाहीको माँग गर्दै आज रौतहटमा प्रर्दशन भएको छ ।
२०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादी बिच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।गौर नरसंहार भएको १७ वर्ष सम्म पनि न्याय नपाएको भन्दै आम जनता पार्टीले आज रौतहटमा मोटरसाइकल ¥याली गरेका हो ।

पीडित परिवारका सदस्यहरु सहभागी सो प्रर्दशनमा प्रर्दशनकारीहरुले हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएकोले उनलाई तत्काल पक्राउ गर्नु पर्ने माँग गरेका छन । अध्यक्ष यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी समेत दर्ता रहेको छ । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले पछिल्लो समय न्यायका लागि पीडितहरुले सरकारलाई गुहार्दै आएका छन् ।
घटनाका पीडितहरुले रौतहटको चन्द्रनिगाहपुरमा अनिश्चीतकालिन धर्ना हिजो बाट शुरु गरेका छन । धर्नामा बसेका शहिद परिवारको समर्थनमा चन्द्रनिगाहपुरमा मोटरसाइकल ¥याली गरेको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।






