प्रहरी हिरासतमा आत्महत्या
५ साउन, सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् । गत साउन २ गते सशस्त्र प्रहरी सर्लाहीले अवैध रकम र गहनासहित पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको महिलाले प्रहरी हिरासत मै पासो लगाएर आत्महत्या गरेकी हुन् ।
स्थानीय चक्रघटा गाउँपालिका – ८ कि वर्ष ४० वर्षीय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ ।
साउन २ गतेका दिन सशस्त्र प्रहरीले सर्लाहीको नेपाल भारत सीमा क्षेत्रको झिलमिलिया माइ बोर्डरमा हजरतलाई पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चाँदी र ७.०७ सुन सहित नियन्त्रणमा लिएको थियो ।






