धारिलो हतियार प्रहार गरि हत्या
२९ अषाढ, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गए राति एक पुरुषको घरमै हत्या भएको छ ।
देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षिय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

“राति सुतेकै स्थानमा साहको हत्या भएको हो ।” रौतहटका प्रहरी उपरिक्षक वीरबहादुर बुढा मगरले भने “उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।” मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको उनले बताए ।
घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरिक्षक बुढामगरले बताए । प्रारम्भीक अनुसन्धानका क्रममा मृतककी श्रीमतिले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफुलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।
घटनाका अनुसन्धानका लागी तालिम प्राप्त कुकुरको प्रयोग गरेर अपराधी पता लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।






