बाढीपहिरोमा फसेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार
४ असार, विराटनगर । पाँचथरमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण अलपत्र अवस्थामा रहेका १२ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्दार गरी च्याङथापु स्थित विष्णु मा.वि. मा ल्याइएको नेपाली सेना पूर्वी पृतनाले जनाएको छ । उद्धार गरिएकाहरू तीन परिवारका सदस्य हुन् ।ताप्लेजुङको मेहेले र अरू ठाउँमा पनि हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
विपतमा फसेको समयदेखि नै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमान्डमा प्रहरी टोली खटिएको थियो ।






