करणी आरोपमा दुई जना पक्राउ

   २३ बैशाख २०८०, शनिबार १४:४८  

२३ वैशाख, बर्दिया । करणी आरोपमा बर्दियाबाट दुई जना पक्राउ परेका छन् ।

जिल्लाको राजापुर नगरपालिका ९ जोगीपुरकी १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २७ वर्षीय शनिराम चौधरी र २६ वर्षीय राधेश्याम चौधरी रहेका छन् । प्रहरीका अनुसार मध्यराति कच्ची घर पछाडिको भित्ता फोडेर शनिराम चौधरीले बालिकालाई बलात्कृत गरेको तथा राधेश्यामले घरबाहिर बसेर निगरानी गरेको भन्दैँ उजुरीका आधारमा उनीहरुलाई नियनबणमा लिएको छ ।

पीडित बालिकाका आमाबाबु भारत गएको बेला हजुरबुबासँग बसेकी बालिकामाथि जबरजस्ती करणी गर्ने उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।