कैलालीमा गाडी दुर्घटना हुँदा वृद्धको मृत्यु, ५ जना घाइते

   ९ बैशाख २०८०, शनिबार १५:३१  

९ वैशाख, कैलाली । कैलालीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने ५ जना घाइते भएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा आज दिउँसो गाडी दुर्घटना हुँदा सोही उपमहानगरपालिका ११ घर भएका ७० वर्षीय भोजराज भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गोदावरी नगरपालिका ५ को गेटास्थित ट्राफिक पोष्ट नजिकै महेन्द्रनगरबाट धनगढीतर्फ आइरहेको बा १५ च ४६३७ नम्बरको गाडी दुर्घटना हुदाँ गम्भीर घाइते भएका भोजराज भट्टलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पतालमा ल्याएपनि उपचारकै क्रममा उनका मृत्यु भएको हो ।

यस्तै, तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना भएको गाडी चालक दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ४२ वर्षीय तेजबहादुर पाल लगाएत कारमा सवार भएका अन्य ४ जना घाइते भएका हुन् ।

घाइते भएका उनीलाई पनि उपचारका लागि माया मेट्रो अस्पतालमै भर्ना गरिएको छ । उनीहरु भारतको हरिद्वार दर्शन गरेर फर्किदैँ थिए ।