आइतबार हुने निर्वाचनका लागि बारामा नेपाल भारत सीमा बन्द

   ९ बैशाख २०८०, शनिबार १४:३३  

९ वैशाख, बारा । वैशाख १० प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकोले नेपाल-भारतसंग जोडिएको सीमानाका बन्द गरिएको छ ।

यही वैशाख १० गते आइतबार हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गर्दै शुक्रबार मध्यराति १२ बजेदेखि नेपाल-भारत जोडिएको सिमानाका बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले हिजो एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्मका लागि नेपाल-भारत सिमाना बन्द हुने सूचनामा उल्लेख गरिएको छ । निर्वाचन शान्तिपूर्ण ढङ्गमा हुने भन्दैँ सिमानाका बन्द गरिएको छ ।

त्यसैगरी, मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी कुनै किसिमका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।