कैलालीकमा प्रहरीद्रारा ५ हजार लिटर घरेलु मदिरा नष्ट

   ९ बैशाख २०८०, शनिबार १४:००  

९ बैशाख, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाबाट ५ हजार घरेलु मदिरा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको धनगढी उप महानगरपालिकाको विभिन्न स्थानबाट ५ हजार लिटर घरेलु मदिरा प्रहरीले बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका ७, ८ र १२ को छुट्टाछुट्टै स्थानबाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ तथा भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ ।

विभिन्न स्थानबाट बरामद गरिएको मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।