गौरबाट काठमाडौको लागि खुलेको यात्रुबाहक बसमा आगलागी
२ वैशाख, रौतहट । रौतहटको गोरबाट काठमाडौको लागि खुलेको यात्रुबाहक बसमा आगलाजी भएको छ ।
बस चलिरहेकै अवस्थामा शुक्रबार मध्यराति १ बजेतिर आगलागी भएको छ । जिल्लाको सदरमुकाम गौरनगरपालिका गढवास्थित बसपार्कबाट हिजो बेलुकी करिब ७ बजे काठमाण्डौका लागि छुटेको बसमा अचानक चितवनमा आगलाजी भएको छ ।
चलिरहेकै अवस्थामा बसमा आगलागी भएपनि बसमा सवार भएका यात्रुहरु सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
यस्तै, बसमा सवार भएका यात्रुहरु सुरक्षित बाहिर आउँन सफल भएपनि बससहित अन्य सामानहरु जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धाान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






