कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु
द नेपाल मिडिया
२९ चैत्र २०७९, बुधबार १७:१२
२९ चैत, रौतहट । पछिल्लो २४ घण्टामा नेपालमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज थपिएको संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ४ सय ४५ पुगेको छ ।






