१२४ किलो गाँजासहित धनुषाबाट एक जना पक्राउ

   २५ चैत्र २०७९, शनिबार १३:२४  

२५ चैत, धनुषा । धनुषाबाट एक क्वीन्टल भन्दा बढी गाँजा लोड गरिएको ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रक चेकजाँच गर्ने क्रममा १ सय २४ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सवारी चेकजाँचमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीे टोलीले शंकास्पद अवस्थामा ट्रक चेक गर्दा १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, ट्रक चालक मकवानपुरको मनहरी नगरपालिका ८ निवासी शन्तबिर दोङ्लाई नियन्त्रणमा लिई यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद भएको गाँजा, ट्रक र चालक प्रहरीकै हिरसातमा रहेको छ ।