मोटरसाइकल दुर्घटना हुँदा चन्द्रपुरमा एक महिलाको मृत्यु

   १७ चैत्र २०७९, शुक्रबार १६:०९  

१७ चैत, रौतहट । रौतहटको चन्द्रपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक महिलाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर सर्लाहीको हरिपुर नगरपालिका २ बस्ने ४० वर्षीया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरस्थित चाँदी पुलमा पश्चिमबाट पूर्व जाँदै गरेको प्रदेश २–२–००४ प ३०४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक धनुषाको औरही ४ घर भएका ४५ वर्षीय अरुणकुमार मण्डल गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि वीरगञ्ज पठाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । दुर्घटना बारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।