२३४ किलो गाँजासहित मोरङबाट चार भारतीयसहित ५ जना पक्राउ

   १५ चैत्र २०७९, बुधबार १४:१७  

१५ चैत, मोरङ । २३४ केजी गाँजासहित मोरङको रंगेलीबाट ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दुई स्थानबाट २३४ किलो गाँजा पक्राउ पर्नेका ५ जनामध्ये चार जना भारतीय छन् । पक्राउ पर्नेमा भारत अररियाका २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह रहेको छन् । मंगलबार प्रहरी टोलीले रङ्गेली नगरपालिका २ चेका खोलास्थित गहुँबारीबाट दुवै जनालाई हिरासतमा लिएको थियो ।

पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका ३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासी गर्दा थप ८४ किलो गाँजा फेला परेकोले कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पनि नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।