इँटाभट्टाको पर्खालले किच्दाँ एक महिलाको मृत्यु
१० चैत, सिरहा । इँटाभट्टाको पर्खाल भत्किएर सिरहामा एक महिलाको मृत्यु भएको छ, भने दुईजना घाइते भएका छन् ।
जिल्लाको गोलबजार नगरपालिका ८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दाँ एक भारतीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान पर्खाले किच्दाँ मृत्यु भएको हो ।
इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको छ । त्यसैगरी, सामान्य घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






