कैलालीमा स्कुल बसको ठक्करबाट एक वृद्धाको मृत्यु

   २० फाल्गुन २०७९, शनिबार १३:००  

२० फागुन, कैलाली । स्कुल बसको ठक्करबाट कैलालीमा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ६ को खैरानामा माउन्ट साइपाल स्कुलको बसले ठक्कर दिदाँ एक वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार से १ क४४१ नम्बरको बसको ठक्करबाट स्थानीय ६५ वर्षीया बाटुबट्टे आलेमगरको मृत्यु भएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका आलेमगरलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ । यस्तै, ठक्कर दिने बस र चालक धनगढी उपमहानगरपालिका १३ का ३५ वर्षीय खुसीराम चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।