धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
१६ फागुन, कैलाली । कैलालीको धनगढीस्थित फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका ६ ढुङ्गे बजारमा स्थानीय धर्मराज जोशीले सञ्चालन गरेको न्यू लक्ष्मी समिल तथा फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।
उद्योगको छानोमा वेल्डिङ गर्ने क्रममा बिजुलीको झिल्का खरले छाएको छानोमा खस्दा आगलागी भएको प्रहरीले जनाएको छ । फर्निचर उद्योगमा बुधबार भएको आगलागी मेसिन, औजार, काठ, प्लाइ, पलङ्ग, मोटर र लुगा कपडा लगाएत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ ।
आगलमगीबाट करिब ३६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, उपमहानगरपालिकाबाट गएको दमकल तथा स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो ।






