सुनसरीबाट २ क्वीन्टल गाँजा बरामद

   १६ फाल्गुन २०७९, मंगलवार १५:२४  

१६ फागुन, सुनसरी । सुनसरीको हरिनगरबाट २ सय ५८ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

जिल्लाको हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित नरकटियाबाट सशस्त्र प्रहरीले साढे २ क्वीन्टल गाँजा बरामद गरेको छ । हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट सशस्त्र प्रहरीले १२ बोरा प्रतिबन्धित लागुऔषध सोमबार गएराति करिब १० बजेतिर बरामद गरेको हो ।

भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको ‘बिआर १ एके ७१००’ नम्बरको भारतीय स्कोरपियोलाई चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाईछिपाई राखेको अवस्थामा गाँजा सशस्त्र प्रहरीले बरामद छ ।

सशस्त्र प्रहरीलाई देखेर गाडी छोडेर फरार भएको चालकको खोजी भइरहेको छ ।

यस्तै, बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको छ ।