सुनचाँदीको मूल्यमा सामान्य गिरावट
द नेपाल मिडिया
१२ फाल्गुन २०७९, शुक्रबार १२:३८
१२ फागुन, रौतहट । नेपाली बजारमा साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज प्रतितोलामा १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, शुक्रबार तेजावी सुनको कारोबार तोलामा १ लाख १ हजार ९ सय रुपैयाँमा भइरहेको छ ।
त्यसैगरी, प्रतितोलामा १० रुपैयाँ घटेर आज चाँदीको मूल्य प्रतितोलामा १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।






