कैलालीमा माइक्रो बसको ठक्करबाट एक वृद्धको मृत्यु
११ फागुन, कैलाली । माइक्रो बसको ठक्करबाट कैलालीमा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा परेर जिल्लाको गौरीगंगा नगरपालिका ६ का ६० वर्षीया गेरुवा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ९ बल्मीमा बिहीबार बिहान बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपालगञ्जबाट अत्तरियातर्फ आउँदै गरेको माइक्रो बस र चालक बाँकेको कोहलपुर घर भएको २९ वर्षीय नविन सिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।






