प्रधानमन्त्री र देउवाबीच भेटवार्ता
११ फागुन, रौतहट । प्रधानमन्त्री पुपष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारी निवास पुगेको स्रोतले जनाएको छ । आज बिहान उनीहरुबीच भएको भेटवार्तामा राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
फागुन २५ गते (बिहीबार) हुने राष्ट्रपतिको चुनावका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका रहेको छ, भने आ-आफ्नै अडानका कारण दलहरुले अझै राष्ट्रपति उम्मेवारबारे टुंगो लगाएका छैनन् ।






