सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक उपचाररत
११ फागुन, ललितपुर । सवारी दुर्घटना हुँदा ललितपुरमा एक जनाको मृत्यु भएको छ ।
दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १३ कुसुन्तिस्थित सडकमा बा ८७ प ५९०१ र बागमती प्रदेश ०२–००२ प ९३७६ नम्बरको मोटरटसाइकल एकआपसमा ठोक्किदाँ धनुषा लक्ष्मीनिया घर भई ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने २१ वर्षीय शिवम् यादवको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएको प्र ०२–००२ प ९३७६ नम्बरको मोटरसाइकल चालक शिवम् यादवलाई उपचारको लागि बी एण्ड बी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा घाइते भएका बा ८७ प ५९०१ नम्बरको मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ, भने सोही मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






