प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
द नेपाल मिडिया
१० फाल्गुन २०७९, बुधबार ११:३६
१० फागुन, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न चिनियाँ राजदूत बालुवाटार पुगेका छन् ।
चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटार पुगेको स्रोतले जनाएको छ । बुधबार बिहान चिनियाँ राजदूत सङ प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।
त्यसैगरी, केही दिन अगाडि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग चिनियाँ राजदूत सङले भेटवार्ता गरेका थिए ।






