गाडीको ठक्करबाट पर्सामा एक बालकको मृत्यु

   ९ फाल्गुन २०७९, मंगलवार १३:५३  

९ फागुन, पर्सा । स्कारपियोको ठक्करबाट पर्साको ठोरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयवस्तीस्थित हुलाकी सडकखण्डमा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाग्मती प्रदेश ०१-०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट स्थानीय १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । ठोरीबाट वीरगञ्जतर्फ आउँदै गरेको गाडीले आज बिहान ८ः३० बजेतिर कोचिङ्गबाट घर फर्किने क्रममा उनलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएको ती बालकलाई उपचारको लागि वीरगञ्जको तराई अस्पताल ल्याएपनि उपचारकै क्रममा १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् ठक्कर दिने गाडी र चालक चितवन माडी ३ का २५ वर्षीय पदम बिलास पन्तलाई नियन्त्रणमा लिई घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।