मोरङमा एक महिलाको शव फेला
द नेपाल मिडिया
८ फाल्गुन २०७९, सोमबार १६:०४
८ फागुन, मोरङ । मोरङमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्लाको बुढीगंगा २ अमाहिमा आज एक महिलाको शव बोरामा भेटिएको छ ।
स्थानीय नरसिंह चौधरीको घरमा पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको छ । हत्या गरी बोराभित्र हालेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हाल यसबारे विस्तृत विवरण आउँन बाँकी नै रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






