प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विष्णु पौडेल र रवि लामिछाने

   ८ फाल्गुन २०७९, सोमबार १२:४३  

८ फागुन, रौतहट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न आज बिहान अर्थमन्त्री विष्णु पौडेल र रवि लामिछाने सरकारी निवास बालुवाटार पुगेका छन् ।

स्रोतका अनुसार ‘प्रचण्ड’लाई भेट्न अर्थमन्त्री विष्णु पौडेल र रवि लामिछाने मंगलबार बिहानै बालुवाटार पुगेका हुन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री पौडेल र रवि लामिछानेलाई प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पठाएको स्रोतले जनाएको छ ।

यस्तै, भेटवार्ताका क्रममा राष्ट्रपतिको चुनावको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।