मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु
७ फागुन, सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको हरिनगर गाउँपालिका वडा नम्बर १ मा आज बिहान मोटरसाइकलको ठक्करबाट स्थानीय सुबोध मुखियाकी ७ वर्षीय छोरी नैना कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी ती बालिकालाई उपचारको लागि गोल्डेन अस्पताल विराटनगर ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक पार गर्ने क्रममा बालिकालाई को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






