विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै
द नेपाल मिडिया
७ फाल्गुन २०७९, आईतवार ११:०६
७ फागुन, रौतहट । विभिन्न कार्यक्रम गरी आज ७३ औं प्रजातन्त्र दिवस मनाइँदै छ ।
सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न किसिमको कार्यक्रम आयोजना गरेर आइतबार प्रजातन्त्र दिवस मनाइदैँ छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएकोले फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाइन्छ ।
आज फागुन ७ गते प्रजातन्त्रको दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् ।






