शिवालयहरुमा भक्तजनको भिड
६ फागुन, रौतहट । विधिपूर्वक पूजा, आराधना गरी आज महाशिवरात्री पर्व मनाइदैँ छ ।
फागुन महिनाको कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शंकरको पूजा–आराधना गरी शनिबार महाशिवरात्रीको मनाइदैँ छ ।
महाशिवरात्रिका अवसरमा शनिबार बिहानबजेदेखि नै शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको भिड भएको छ । धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।






