जनकपुरबाट दुई जना बिचौलिया पक्राउ
४ फागुन, धनुषा । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दई जना पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलियालाई प्रहरीले हिरासतमा लिएको छ ।
काम छिटो गराईदिने लोभ देखाएर कार्यालयमा आएका सेवाग्राहीहरु संग पैसा लिएको भन्दैँ गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र एकडारा गाउँपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय विरेन्द्र साहलाई नियन्त्रणमा लिएको हो ।
दुवै जनालाई बुधबार दिउँसो तोकेको भन्दा बढी कर शुल्क लिइरहेको अवस्थामा नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






