मुस्ताङमा बस दुर्घटना हुँदा १७ जना घाइते

   ३ फाल्गुन २०७९, बुधबार ११:२६  

३ फागुन, मुस्ताङ । मुस्ताङमा भएको बस दुर्घटनामा परेर १७ जनाभन्दा बढी मानिसहरु घाइते भएका छन् ।

मुस्ताङको जोमसोमबाट पोखरा जादैँ गरेको बस कालिगण्डकीमा खस्दाँ दुर्घटना भएको प्रहरीले जनाएको छ । थासाङ ३ धम्पुमा आज बिहान बस दुर्घटना हुँदा १७ जना भन्दा बढी घाइते भएको जनाइएको छ । सडकबाट करिब ३० मिटर तल नदीमा बस खसेको थियो ।

नदीमा बस खस्दाँ घाइते भएकाहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना बारे विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।