कटहरियास्थित एक जनाको घरमा आगलागी

   २ फाल्गुन २०७९, मंगलवार १३:५४  

२ फागुन, रौतहट । रौतहटको कटहरिया नागरपालिकास्थित एक जनाको घरमा आगलागी भएको छ ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर १ भसेडवा परस्वनी टोलका अर्जुन राय यादवको घरमा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घुरबाट सल्गेर २ कोठे फुसको घरमा आगलागी भएको थियो ।

आगलागी हुँदा यादवको घरमा भएको लताकपडा, मोवाईल, भाँडाकुडाँ, चिरान गरि राखिएको काठ लगाएत अन्य समानहरु पूर्णरुपमा जलेर नष्ट भएको छ । घरमा आगलागी भएको खबर पाएलगत्तै अस्थाई प्रहरी पोष्ट छेदी चौकबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करिब २ लाख बराबरको क्षति भएको प्रहरीे जनाएको छ । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।