प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता
द नेपाल मिडिया
२ फाल्गुन २०७९, मंगलवार १२:१९
२ फागुन, रौतहट । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङबीच भेटवार्ता भएको छ ।
सुङ मिन जङसहितको आठ जनाको टोलीसँग प्रधानमन्त्री प्रचण्डले शिष्टाचार भेटवार्ता गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सरकारी निवास बालुवाटारमा मंगलबार बिहान जङसहित ८ जना र प्रधानमन्त्री प्रचण्डबीच दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बुझिएको छ ।






