राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी
१ फागुन, रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा अपराह्न ४ बजे बोलाइएको बैठक जारी रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।
यस्तै, समसामयिक राजनीति र संगठन बिस्तारबारे समेत बैठकमा छलफल हुने जनाइएको छ ।
त्यसैगरी, बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले सो विषयमा पनि छलफल गर्ने बताइएको छ ।
नागरिकताको विषयमा विवाद हुँदा रास्वपा रवि लामिछानेले उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो ।






