मोटरसाइकल दुर्घटना चालकको मृत्यु

   १ फाल्गुन २०७९, सोमबार १७:१५  

१ फागुन, सप्तरी । मोटरसाइकल दुर्घटना हुँदा सप्तरीमा एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको शम्भुनाथ नगरपालिकामा आज दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पुर्व तर्फ जादैँ गरेको स।९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको छ ।
निजले चलाएको मोेटरसाइकल अनियन्त्रित भइ सडको छेउमा ठोक्किदाँ उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।