बाघको छालासहित कैलालीबाट दुईजना पक्राउ

   १ फाल्गुन २०७९, सोमबार १६:५५  

१ फागुन, कैलाली । बाघको छालासहित कैलालीबाट दुई जना पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका २ अत्तरिया बसपार्कबाट दुई जनालाई बाघको छालासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ का १८ वर्षीय सुवाश बोहरा र १७ वर्षीउ सुनिल बोहरा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनाको साथबाट ३ फिट लम्बाई र ५ ईन्च चौडाई भएको बाघको छाला फेला परेको छ । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।