श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ
१ फागुन, रुपन्देही । निर्घात कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् ।
जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ९ का रामनारायण लोधलाई हत्या आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आरोपी रामनारायण लोधले आफ्नै २४ वर्षीया श्रीमती सरोजा लोधलाई भारतमा मेला हेर्न जाने भनी हातखुट्टा बाँधेर निर्ममतापूर्वक कुटपिट गरेका थिए ।
गत माघ १२ गते नै सरोजाको हत्या गरी फरार भएको निजलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






