नेपाल भ्रमणमा आउँदै भारतीय सेनाका स्थलअध्यक्ष पाण्डे
२९ माघ, एजेन्सी । भारतीय सेनाका स्थल सेनाअध्यक्ष मनोज पाण्डे ४ दिने भ्रमणका लागि नेपाल आउन लागेका छन् ।
नेपाली सेनाको निमन्त्रणमा आगामी फागुन ५ गते सेनाअध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका हुन् । आगामी ५ फागुन गते (शुक्रबार) भ्रमणका लागि आउन लागेका सेनाअध्यक्ष नेपालबाट फागुन ८ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले जानकारी दिए ।
दोस्रो पटक नेपाल आउन लागेका भारतीय स्थलसेनाका प्रमुख पाण्डे गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए ।






