बसपार्कमै बसको ठक्करबाट एक वृद्धाको मृत्यु

   २९ माघ २०७९, आईतवार १६:४४  

२९ माघ, सुर्खेत । बसको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ ।

सुर्खेत बसपार्कमै बसको ठक्करबाट गम्भीर घाइते भएकी अन्दाजी ६६ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो बुलबुलेतर्फबाट बसपार्क आउँदै गरेको बा ४ ख ८०६१ नम्बरको बसले ती वृद्धालाई ठक्कर दिएको थियो ।

नाम थर र ठेगाना नखुलेकी ती महिलालाई उपचारको लागि कर्णाली प्रदेश अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु छ । प्रहरीका अनुसार बसपार्क भित्रै दुर्घटना भएको कारण भने खुलेको छैन् ।

यसबारे अनुसन्धान भइरहेको छ । यस्तै, दुर्घटना पश्चात् फरार भएको बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।