अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ

   २९ माघ २०७९, आईतवार १२:२१  

२९ माघ, रौतहट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आधा किलो सुनसहित भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी पक्राउ परेका हुन् । लुकाईछिपाई राखेर ल्याएको सुनसहित उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ईन्डिगो एयरलाईन्सको उडानदेखि मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुन बरामद भएको थियो ।

विमानस्थलमा चेक गर्ने क्रममा हिरासतमा लिएको दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।