करणी आरोपमा वृद्ध पक्राउ
२८ माघ, गोरखा । करणी आरोपमा एक वृद्ध पक्राउ परेका छन् ।
१२ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा सिरानचोक गाउँपालिका वडा नम्बर ४ आरुबोटेका ६० वर्षीय रमेश पोखरेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
माघ २० गते (शुक्रबार) साँझ बालिकालाई ललाई-फकाई आफ्नै कोठामा लगेर पोखरेलले जबरजस्ती करणी गरको भन्दैँ उजुरी परेको आधारमा उनलई नियन्त्रणमा लिएको छ ।
पीडितका परिजनले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएपछि पक्राउ गरिएको वृद्धमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






