रौतहटको कटहरियाबाट एक जना पक्राउ
द नेपाल मिडिया
२७ माघ २०७९, शुक्रबार १६:१४
२७ माघ, रौतहट । मोटरसाइकल चोरिएको आरोपमा रौतहटबाट एक जना पक्राउ परेका छन् ।
मोटरसाइकल चोरेर लगिरहेको अवस्थामा रौतहटको कटहरिया नगरपालिका ५ बाट मनोज यादवलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मनोज बिज भण्डारको नाममा रहेको प्रदेश २ ००३.००५प ४३६१ नम्बरको मोटरसाइकल चोरी गरेर लगिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीमाथि यसबारे अनुसनधान भइरहेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।






